अर्जेन्टिनामा महँगीले बनायो रेकर्ड, महँगी १०२ प्रतिशतभन्दा बढीले वृद्धि ब्युनस आयर्स, १ चैत। अर्जेन्टिनामा महँगी १०२.५ प्रतिशतले बढेको छ। सन् २०२३ को फेब्रुअरीमा अर्जेन्टिनामा महँगी दरले एक सय प्रतिशत पार गरेको हो। अर्थात सन् २०२२ को फेब्रुअरीको तुलनामा २०२३ को फेब्रुअरीमा अर्जेन्टिनामा वस्तुको मुल्य दुगुना बढेको हो। अर्जेन्टिनाले पछिल्ला केही वर्षयता आर्थिक संकटको सामना गर्दै आएको छ। अर्जेन्टिनामा ठूलो जनसंख्या गरिवीसँग जुधिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्