नेपालले बेलायतसँग १४ अर्ब ३१ करोड अनुदान सहायता लिने काठमाडौं, १ चैत। सरकारले ‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायतबाट ९० मिलियन पाउण्ड (करिव १४ अर्ब ३१ करोड रुपैयाँ) अनुदान सहायता लिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्