आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ पीएनजीमाथि युएईको सहज जित
कप्तान मोहम्मद वासिमको शतकीय इनिङको सहयोगमा बुधवार संयुक्त अरब इमिरेट्स (यूएई)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेलमा पपुवा न्युगिनी (पीएनजी) बिरुद्ध ६ विकेटको शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ६८ बल बाँकी रहँदा भेटाएको हो। यससँगै यूएईले काठमाडौं जारी लिग–२ को अन्तिम श्रृंखलामा पहिलो जित निकालेको छ।
प्रतिक्रिया दिनुहोस्