सत्तारुढ दश दलीय गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने
काठमाडौं, २ चैत। आज सत्तारुढ १० दलीय गठबन्धनको बैठक बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। यद्यपी बैठकको समय भने निर्धारण गरि सकिएको छैन। बैठकमा सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गरिने जनाइएको छ। गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवारमा जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा रहेका छन्। यी दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनले साझा उम्मेदवार बनाउने छ।
प्रतिक्रिया दिनुहोस्