नेपालको बलिङ नचल्दा यूएईले दियो ३११ रनको लक्ष्य
काठमाडौं, २ चैत। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज युनाईटेड अरब इमिरेट्स(यूएई)ले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा यूएईले ३१० रनको योगफल तयार पारेको थियो। खेलमा नेपालका कुनै पनि बलरले राम्रो प्रदर्शन गर्न सकेनन्। खेलमा युएईका आसिफ खानले ४२ बल खेल्दै १०१ रन जोडेका थिए।
प्रतिक्रिया दिनुहोस्