उपराष्ट्रपति नन्बहादुर पुन ‘पासाङ’ निजी निवासमा सरे
काठमाडौं, २ चैत। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बिहीबार उपराष्ट्रपति भवन हरित गृहबाट निजी निवासमा सरेका छन्। उनी अपरान्ह १बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जनाए। ।‘नेपालको संविधान बमोजिम चैत ३गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि सम्माननीय उपराष्ट्रपतिज्यू आजै निजी निवासमा सर्नुभएको हो,’उनले भने।
प्रतिक्रिया दिनुहोस्