जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि मञ्जु शर्मा (अन्सारी) सिफारिस
काठमाडौं, २ चैत। जनता समाजवादी पार्टी,नेपालले मञ्जु शर्मा(अन्सारी)लाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। बिहीबार ललितपुरको बालकुमारीस्थित केन्द्र्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो। सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा अन्सारीलाई नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्