सरकारले बीआरआई परियोजना तीव्रता साथ अघि बढाउनु पर्छः एमाले उपमहासचिव ज्ञवाली
काठमाडौं, २ चैत। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको जनाए। परियोजनालाई अघि बढाउन सरकारले अव चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्