इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु काठमाडौं, ५ चैत। इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण घरहरु भत्किँदा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। इक्वेडरका आधाभन्दा बढी भूभागमा भूकम्पको झट्का महशुष गरिएको थियो। भूकम्पका कारण सहरहरुमा धेरै घर भत्केको जनाइएको छ। एलओरु प्रान्त भूकम्बाट सबैभन्दा बढी प्रभावित रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्