प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांग्रेसले ह्वीप जारी गर्ने काठमाडौं, ५ चैत। नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा रहने जनाए। उनले आफ्ना सांसदहरुलाई संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्