एमालेले भन्यो– रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता गर
काठमाडौं, ५ चैत। नेकपा(एमाले)ले रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन माग गरेका हुन्। आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले रासायनिक मलको मूल्य किन वृद्धि गर्नु प¥यो भनि सरकारलाई प्रश्न समेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्