शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छः प्रधानमन्त्री दाहाल काठमाडौं, ५ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सत प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने जनाएका हुन्। उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उनले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्