सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा पार्टीहरुबीच सहमति भइसकेको छः अध्यक्ष नेपाल काठमाडौं, ५ चैत। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई भने, ‘सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ। विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भइसकेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्