प्रधानमन्त्री दाहालले जनताको विश्वास ध्वस्त पारिदिएः मोहन बैद्य
काठमाडौं, ५ चैत। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाईसकेको दावी गरेका छन्। राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अव विश्वास गर्ने ठाउँ नरहेको उनले जनाए। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले जनतामा रहेको केही हुन्छ कि भन्ने विश्वासलाई पनि दाहालले ध्वस्त पारिदिएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्