सभामुखको पत्रकारहरुप्रतिको टिप्पणी आलोच्य छ, आत्मआलोचना गर्नुपर्छः महामन्त्री शर्मा
काठमाडौं, ५ चैत। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन्। आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको जनाए।‘पत्रकारहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ। उहाँले आत्मआलोचना गर्नुपर्छ,’उनले भने।
प्रतिक्रिया दिनुहोस्