प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिने काठमाडौं, ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदैछन्। आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हँुदैछ। बैठकमा आफूलाई शतप्रतिशत विश्वासको मत आउने अपेक्षा प्रधानमन्त्री दाहालको छ। उनलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्