ग्याङ्स्टार गोल्डी बरार र लरेन्स बिश्नोईले दिए बलिउड अभिनेता सलमान खानलाई धम्की मुम्बई, ६ चैत। बलिउड अभिनेता सलमान खानलाई ग्याङ्स्टार गोल्डी बरार र लरेन्स बिश्नोईले इमेल मार्फत धम्की दिएका छन्। धम्की आएपछि मुम्बई प्रहरीले उनीहरुविरुद्ध एफआईआर दर्ता गरेका छन्। ‘गोल्डी भाई (गोल्डी बरार) सलमान खानसँग आमने–सामने भएर कुरा गर्न चाहन्छ,’ सलमानलाई पठाइएको इमेलमा लेखिएको छ। पञ्जाबको बठिन्डा जेलमा रहेका लरेन्स बिश्नोई र गोल्डी बरार पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याका अभियुक्त हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्