प्रधानमन्त्री दाहालले राष्ट्रविरोधी काम गरिरहेका छन्ः नेता गजुरेल काठमाडौं, ६ चैत। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरु गरिरहेको आरोप लगाएका छन्। राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले गरेको राष्ट्रबिरोधी कामहरुलाई उजागर गर्न जरुरी रहेको बताए। प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको जनाए।माओवादीहरु डराएर एकजुट भए भन्नेकुरा गलत रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्