संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन
काठमाडौं, ६ चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएका छन्। सोमबार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन्। संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्