विश्वका सबैभन्दा खुसी राष्ट्रको सूचिमा नेपाल ७८औं स्थानमा, अघिल्लो वर्षको तुलनामा ६ स्थान सुधार काठमाडौं, ६ चैत। नेपाल संसारका सबैभन्दा बढी खुसी हुने राष्ट्रहरुको सूचिमा ७८औं स्थानमा रहेको छ। संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सल्युसन नेटवर्कले मार्च २० मा विश्व खुसी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरेको हो। उक्त रिपोर्टमा नेपालले गतवर्षभन्दा ६ अंकको सुधार गरेको हो। २०२२ को रिपोर्टअनुसार नेपाल ८४औँ स्थानमा रहेको थियो। सबैभन्दा खुसी देशको सूचिको पहिलो स्थानमा फिनल्याण्ड रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्