वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने प्रश्न उठ्नु स्वभाविकः अध्यक्ष नेपाल
काठमाडौं, ६ चैत। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको गबठन्धन आगामी ५ वर्ष टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए। वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै उनले त्यो प्रश्न गर्नु अस्वभविक नरहेको जनाए।
प्रतिक्रिया दिनुहोस्