छिमेकीहरुले आणविक शक्ति प्रयोग गर्दा केही भए नेपाललाई क्षतिपूर्ति दिनुपर्छः उपसभामुख राना
काठमाडौं, ७ चैत। उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्। मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उनले आणविक कानूनको आवश्यकता औंल्याएकी हुन्। उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस्