प्रधानमन्त्री दाहालविरुद्ध बानेश्वरमा युवाले गरे नाराबाजी काठमाडौं, ७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलवार प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन्। उनीहरुले ‘आतंककारी प्रचण्ड मुर्दावाद्’, ‘गरिव मारा प्रचण्ड मुर्दावाद,’ ‘मूल्यवृद्धि खारेज गर’, ‘युवालाई मार्न पाईँदैन’ जस्ता नारा लगएका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्