दलितहरुले सयौँ वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछुः प्रधानमन्त्री दाहाल
काठमाडौं, ७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन्।मंगलवार ५८औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।दलित समुदायका माग र मुद्दाहरुको सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक अरुले गर्न नसक्ने दाबी उनले गरे।
प्रतिक्रिया दिनुहोस्