लिङ्देनको प्रचण्डलाई चेतावनी– मुख थुनेर त के बन्दुकले पनि आवाजहरु थुनिन्नन्
काठमाडौं, ८ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताको मुख नथुन्न चेतावनी दिएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहाल उपस्थित भएको एक कार्यक्रममा विरोध जनाउँदा तीन युवालाई मंगलबार प्रहरीले पक्राउ गरेपछि उनले यस्तो चेतावनी दिएका हुन्। ‘मुख थुनेर त के बन्दुकले पनि आवाजहरु थुनिन्नन्...जो तपाईँ स्वयमलाई सबैभन्दा राम्रो थाहा छ,’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्