भूकम्पका कारण पाकिस्तानमा १२ जनाको मृत्यु, १७५ जना घाइते
इस्लामावाद, ८ चैत। मंगलबार राति ६.८ म्याग्निच्युडको भूकम्पका कारण घरहरु भत्किदा पाकिस्तानमा १२ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन्। भूकम्पले खैबर पख्तुनख्वा प्रान्तमा सबैभनदा बढी क्षति गरेको जनाइएको छ। भूकम्को झट्का अफगानिस्तान, पाकिस्तान, भारत र चीनमा महशुष गरिएको थियो। पाकिस्तानको भूकम्प प्रभावित क्षेत्रम खोज तथा उद्धार कार्य जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्