आठ महिनामा नेपालले प्राप्त गर्यो १ खर्ब ३८ अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता
काठमाडौं, ८ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा नेपालले १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०७९ साउन १ गतेदेखि चैत २ गतेसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको हो।प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामा १खर्ब १४अर्ब रुपैयाँ ऋण र २४अर्ब ५६करोड १०लाख रुपैयाँ अनुदान रहेको छ।
प्रतिक्रिया दिनुहोस्