प्रधानमन्त्रीसगँ विश्वप्रकाशको आग्रहः सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिनसक्ने बनाउनुस्
काठमाडौं, १६ चैत। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्। बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने जनाए। निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिनसक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह समेत गरे।
प्रतिक्रिया दिनुहोस्