नेपालको चौथो ठूलो व्यापार घाटा यूएईसँग, आठ महिनामा घाटा साढे २४ अर्बभन्दा बढी
काठमाडौं, १९ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग नेपालको व्यापार घाटा २४ अर्ब ५८ करोड ८५ लाख ३२हजार रुपैयाँ पुगेको छ। भारत, चीन र इन्डोनेसियापछि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा यूएईसँग रहेको छ। सो अवधिमा नेपालले यूएईबाट २४अर्ब ८७करोड ४३लाख ५६हजार रुपैयाँको वस्तु आयात गरेको भने २८करोड ५८लाख २४हजार रुपैयाँको वस्तु निर्यात।
प्रतिक्रिया दिनुहोस्