मिटरब्याज पीडितका माग सम्बोधन गर्न अर्को वार्ता समिति गठन
काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। पाँच सदस्यीय समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरीउपरीक्षक दिनेशराज मैनाली सदस्य तथा गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्यसचिव छन्।यसअघि अधिकार सम्पन्न आयोग बनाइएको भएपनि नयाँ पीडितहरुले आन्दोलन जारी राखेपछि उनीहरूका माग पनि समेट्नेगरी वार्ता समिति बनेको हो।
प्रतिक्रिया दिनुहोस्