मलाई आराम गर्ने छुट छैन : प्रधानमन्त्री
गोरखा, चैत्र २४। प्रधानमन्त्री प्रचण्डले आफूलाई राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताएका छन्। शुक्रबार गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यो पल्ट राम्रो काम गरेर जनता, राष्ट्र र परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताए।राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो।
प्रतिक्रिया दिनुहोस्