ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना
काठमाडौं, चैत २५। काठमाडौंको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको हो। हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। हेलिकप्टर डाक्टर लिएर विरामी लिनकालागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको विमानस्थल स्रोतले जनाएको छ ।घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्