६४ जनामा कोरोना संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमित ३५७ पुगे काठमाडौँ, चैत २५। पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्