क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, मुद्दा न्यायाधीश बरालको इजलासमा काठमाडौं, २६ चैत। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आजबाट काठमाडौं जिल्ला अदालतमा सुरु हुँदैछ। नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा हुँदैछ। यसअघि दुई पटक अन्तिम सुनुवाईको लागि समय तोकिएको भएपनि विभिन्न कारण हुन सकेको थिएन। यसैबीच आइतबारलाई लामिछानेविरुद्धको मुद्दाको पेशी तोकिएको हो। आज लामिछानेवरुद्धको मुद्दा तेस्रो नम्बरमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्