बुर्किना फासोमा चरमपन्थीको आक्रमणमा परी ४४ जनाको मृत्यु
काठमाडौं, २६ चैत। बुर्किना फासोको उत्तरी क्षेत्रमा चरमपन्थीको आक्रमणमा परी ४४ जनाको मृत्यु भएको छ। कोराकु र टोन्डोबी गाउँमा चरमपन्थीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ। अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन। बुर्किना फासेका अधिकारीहरुले आक्रमण आतंकवादी समूहले गरेको बताएका छन्। अल–कायद र इस्लामिक स्टेटसँग आवद्ध चरमपन्थी समूह उक्त क्षेत्रमा सक्रिय रहेका छन्।
प्रतिक्रिया दिनुहोस्