बालेनले दिए विद्यालयहरुलाई चेतावनी– अभिभावकलाई भनेकै स्थानबाट पोशाक खरिद गर्न बाध्य नपार काठमाडौं, २६ चैत। काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र शाह (बालेन)ले अभिभावकलाई भनेकै स्थानबाट पोशाक र स्टेशनरी सामाग्री खरिद गर्न बाध्य नपार्न विद्यालयहरुलाई चेतावनी दिएका छन्।उनले आइतबार फेसबुकमा लेखेका छन्,‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका,२०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्