पन्ध्र वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि, राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने काठमाडौं, २६ चैत। अर्थ मन्त्रालयका सचिव तोयम रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताएका छन्। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एक हजार ७सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि भएको जनाए। राजश्व चुहावट रोक्नका लागि राज्यका सबै निकायहरु चुस्त भएर लागि रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्