रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक
काठमाडौं, २६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। कपुरबोट डट कमले सार्वजनिक गरेको अडियोमा श्रेष्ठले मागे अनुसारको रकम उपलब्ध गर्ने प्रतिवद्धता प्रसाईँले गरेका छन्। श्रेष्ठ र प्रसाईँबीच ह्वाट्स एप भएको कुराकानीको अडियोमा श्रेष्ठले अध्यक्ष रवि लामिछानेको नाम लिँदै पार्टीको लागि उक्त रकम मागेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्