रास्वपाले दुर्गा प्रसाईँसँग दुई करोड माग्ने सांसद ढाकाकुमार श्रेष्ठलाई गर्यो निलम्बन, तीन दिनभित्र छानबिन सक्ने काठमाडौं, २६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सांसद ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग २करोड रुपैयाँ मागेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।अडियोका सम्बन्धमा छानबिन गरी ३दिनभित्र प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।छानबिन पूरा नभएपसम्म श्रेष्ठलाई कुनै पनि काम नगर्न र २४घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्