मेयर बालेनको स्पष्टोक्तिः सिंहदरबारले गरेको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीका कारण फोहोर नउठाएको
काठमाडौं, २७ चैत। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरले अघि बढाउन लागेका कामलाई संघीय सरकारले बेवास्ता गरेपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेको स्पष्टोक्ति दिएका छन्। उनले आज फेसबुकमा १४वटा उदाहरण दिंदै लेखेका छन,‘केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो। त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो।’
प्रतिक्रिया दिनुहोस्