फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले भने– युरोप अमेरिकाको पछिपछि लाग्नु हुँदैन पेरिस, २७ चैत। फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले युरोप अब अमेरिकाको पछिपछि लाग्न नहुने बताएका छन्। चीनको भ्रमणपछि फ्रान्सका पत्रकारहरुसँग कुरागर्दै उनले अमेरिकामाथिको निर्भरता घटाउँदै लग्नुपर्ने जनाए। उनले युरोपले ‘रणनीतिक स्वायत्तता’ अपनाएर ‘तेस्रो सुपरपावर’ हुनुपर्ने बताए। ताइवान मुद्दामा चीन र अमेरिकाको बीचमा आउन नहुने समेत म्याक्रोनले स्पष्ट पारे।फ्रान्सको टिप्पणी यस्तो बेला आएको छ जतिबेला चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्