देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल
काठमाडौं, २७ चैत। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। सोमवार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको जनाए।अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्