अर्थमन्त्रीद्वारा भन्सार नाकाबाट राजश्व कम उठ्नुको कारण माग काठमाडौं, २७ चैत। अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार नाकाका प्रमुखहरुसँग राजश्व कम हुँदै जानुको कारण माग गरेका छन्। सोमवार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन निर्देशन दिएका छन्। ‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ। त्यो भन्सार नाकामा आयातको प्रगति के छ। त्यसको मूल्याङ्कन मलाई चाहिन्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्