आगामी बजेटमा केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछः प्रधानमन्त्री काठमाडौं, २७ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्शको साधारणसभालाई सम्बोधन गर्दै उनले परम्परागत सोंचबाट माथि उठेर विगतभन्दा भिन्न कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको जनाए। ‘परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्