विषयगत समितिका लागि मंगलवार साँझसम्म सदस्यको नाम पठाउने सहमति काठमाडौं, २७ चैत। प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ। सोमवार संसद भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको बैठकले मंगलबार साँझसम्म विषयगत समितिहरुको टुंगो लगाउने सहमति गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचिको विषयमा छलफल समेत गरेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्