कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीलाई भने– काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्नुहोस्
काठमाडौं, २७ चैत। नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन्। सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न आग्रह गरेका हुन्।दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरुलाई सल्ट्याइहाल्न र महानगरपालिकाका जायज मागहरु पूरा गर्न पनि उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्