आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने
काठमाडौं, २८ चैत। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएका छन्। मंगलवार काठमाडौंमा जारी वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै उनले शाखा बिस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको जनाए। ‘वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिनेछ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्