नेपालको नवौं ठूलो व्यापार घाटा कतारसँग, आठ महिना घाटा १० अर्ब नाघ्यो काठमाडौं, २८ चैत। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो आठ महिना (साउन–फागुन)मा कतारसँग नेपालको व्यापार घाटा १० अर्ब २० करोड १० लाख ५२ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कतारबाट १० अर्ब २४ करोड ५५ लाख ९६ हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालबाट भने मात्र ४ करोड ४५लाख ४५हजार रुपैयाँको वस्तु कतारमा गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्