उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज मतदान
काठमाडौं, २९ चैत। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। मतदान बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब १ वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ।महासंघको विधानतः हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष हुनेछन्।
प्रतिक्रिया दिनुहोस्