रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ढाका कुमारका सम्बन्धमा आजै निर्णय गर्ने
काठमाडौं, २९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज दिउँसो २ बजेलाई केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकले रास्वपाका सांसद ढाका कुमार श्रेष्ठलाई के कस्तो कारवाही गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिने जनाइएको छ। ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री हुन दुई करोड रुपैयाँ मागेको टेप सार्वजनिक भएपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो।पार्टीको अनुशासन आयोगले छानबिन गरी प्रतिवेदन मंगलबार बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस्